सुनचाँदीको मूल्य घट्यो

लोकपथ
273
Shares

काठमाडौं । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य बिहीबार भने घटेको छ । आज एकै दिन सुन प्रतितोला सात सय रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६६ हजार रुपैयाँ तोकेको छ । यसअघि बुधबार १ लाख ६६ हजार ७ सय  रुपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि ४० रुपैयाँले घटेको छ । बुधबार तोलामा २१ सय  ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४० रुपैयाँले घटेर २ हजार ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?