रेड्मी प्याड प्रो ५जी र रेड्मी प्याड एसई ८.७ ४जी ट्याब्लेट नेपाली बजारमा

लोकपथ
63
Shares

काठमाडौं । शाओमीले नेपाली बजारमा दुई नयाँ ट्याब्लेटहरू ‘रेड्मी प्याड प्रो ५जी’ र ‘रेड्मी प्याड एसई ८.७ ४जी’ सार्वजनिक गरेको छ ।

रेड्मी प्याड प्रो ५जी १२.१ इन्चको २.५के अल्ट्रा–क्लियर डिस्प्ले र स्न्यापड्र्यागन ७ एस जेन २ प्रोसेसरसहित आएको छ भने रेड्मी प्याड एसई ८.७ ४जी कम्प्याक्ट मनोरञ्जनका लागि उत्कृष्ठ फिचरसहित आएको छ ।

काठमाडौं । शाओमीले नेपाली बजारमा दुई नयाँ ट्याब्लेटहरू ‘रेड्मी प्याड प्रो ५जी’ र ‘रेड्मी प्याड एसई ८.७ ४जी’ सार्वजनिक गरेको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनास्वीले रेड्मी प्याड प्रो ५जी र रेड्मी प्याड एसई ८.७ ४जीको नेपालमा सार्वजनिक गर्नुमा नेपाली प्रयोगकर्तालाई विशिष्ट प्रविधिसँग नजिक गराउनु रहेको बताए । को मुख्य उद्देश्य प्रयोगकर्तालाई यड्भान्सड् प्रविधि उपलब्ध गराउनु भएको उनको भनाई छ ।

रेड्मी प्याड प्रो ५जीले उच्च गुणस्तरको प्रविधिसहित आएको छ भने यसको १२.१ इन्चको अल्ट्रा–क्लियर डिस्प्ले १६ः१० एस्पेक्ट रेसियो र २४९ पीपीआईको रिजोल्युसनले पढ्दा, गेम खेल्दा वा भिडियो हेर्दा सहज हुने कम्पनीको दावी छ । यसैगरी, रेड्मी प्याड एसई ८.७ ४जी ८.७ इन्चको एलसीडी डिस्प्ले र हल्का डिजाइनमा आएको छ । जसले गर्दा चलाउन सहज भएको कम्पनीले जनाएको छ ।

रेड्मी प्याड प्रो ५जी ग्रेफाइट ग्रे र मिन्ट ग्रीन रंगमा उपलब्ध रहेको छ भने ६जीबी + १२८जीबीको मूल्य ३९ हजार ९९९ र ८जीबी + २५६जीबीको मूल्य ४४ हजार ९९९ रहेको छ । यसैगरी, रेड्मी स्मार्ट पेनको मूल्य ६ हजार ४९९ रहेको छ भने रेड्मी प्याड प्रो किबोर्ड पनि ६,४९९ मूल्यमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । रेड्मी प्याड एसई ८.७ ४जी ग्रेफाइट ग्रे, स्काई ब्लू र अरोरा ग्रीनमा उपलब्ध छ भने यसको मूल्य १९ हजार ९९९ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?