काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रवण कुमार रावलको ६१ वर्षको उमेरमा निधन भएको छ ।
रावलको हृदयघातका कारण निधन भएको बताइएको छ । मुटुमा समस्या भएपछि भक्तपुरस्थित नागरिक अस्पताल भर्ना गरिएका उनको बुधवार राती निधन भएको बताइएको छ ।
बीमा क्षेत्रमा साढे ३ दशक बिताएका रावल यसअघि प्रुडेन्सियलका प्रमुख कार्यकारी अधिकृत थिए । २०८० जेठदेखि भने उनी युनाइटेड अजोड इन्स्योरेन्समा कार्यकारी अधिकृतमा रुपमा आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया