नाफामा उल्लेख्य बृद्धि गरेका बैंकहरुको खराब कर्जामा देखिएन सुधार, १८ प्रतिशत भन्दा बढीले बढ्यो

लोकपथ
175
Shares

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफामा उल्लेख्य सुधार गरेका अधिकांश वाणिज्य बैंकहरूको खराब कर्जामा भने सुधान हुन सकेन । चालु आवको पहिलो त्रैमासमा बैंकहरुको करिब १८.५२ प्रतिशतले खराब कर्जा बढेको छ ।

बुधबार पहिलो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेका बैंकहरुको औसत खराब कर्जा अनुपात बढेको देखिएको छ । बैंकहरुको गत आर्थिक वर्षको पहिलो त्रैमासमा खराब कर्जा ३.५१ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा औसतमा करिब ४.०५ प्रतिशत पुगेको छ ।

तीन वाणिज्य बैंकको खराब कर्जा ५ प्रतिशतभन्दा माथि पुगेको छ । खराब कर्जा ५ प्रतिशतभन्दा माथि पुगेका तीन वाणिज्य बैंकहरुमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक र सिटिजन्स इन्टरनेसल बैंक रहेका छन् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खराब कर्जा सर्वाधिक ५.८४ प्रतिशत पुगेको छ भने लक्ष्मी सनराइज बैंकको ५.४४ प्रतिशत पुगेको छ । यसैगरी, सिटिजन्स इन्टरनेशन बैंकको खराब कर्जा ५.४१ प्रतिशत पुगेको छ ।

खराब कर्जा बढ्ने अन्य बैंकको सूचिमा हिमालयन, कुमारी, प्रभु, ग्लोबल आईएमई, नबिल, कृषि विकास, प्राइम बैंकलगायत छन् ।

यो चालु आवको पहिलो त्रैमासमा हिमालयन बैंकको खराब कर्जा ४.९८ प्रतिशत, कुमारीको ४.९६ प्रतिशत, प्रभुको ४.९४ प्रतिशत, प्राइमको ४.८६ प्रतिशत, कृषि विकासको ४.७८ प्रतिशत, ग्लोबल आईएमईको ४.६७ प्रतिशत, नबिलको ४.२४ प्रतिशत रहेको छ । यसैगरी, एनआईसी एसिया बैंकको ४.२४ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ४.२३ प्रतिशत रहेको छ ।

सानिमा बैंकको खराब कर्जा २.९४ प्रतिशत छ । यस्तै सिद्धार्थ बैंकको ३.९१ प्रतिशत, माछापुच्छ्रेको ३.६३ प्रतिशत, सानिमाको २.९४ प्रतिशत रहेको छ ।

सबैभन्दा कम खराब कर्जा एभरेष्ट बैंकको रहेको छ भने नेपाल एसबीआई बैंक र स्टाण्डर्ड चार्टर्ड बैंकले पनि खराब कर्जाको अनुपात घटाएका छन् । एभरेष्टको सबैभन्दा कम ०.७७ प्रतिशत खराव कर्जा रहेको छ भने नेपाल एसबीआई बैंकको १.८४ र स्टाण्डर्ड चार्टर्डको १.९५ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?