ईसेवाले गर्यो फोन पोइन्टस्सँग साझेदारी, अब एउटै प्लेटफर्मबाट अनेक फाइदा लिन सकिने

लोकपथ
0
Shares

काठमाडौं । ईसेवा र फोन पोइन्टस्बीच सहकार्य भएको छ । नेपालमा डिजिटल कारोबारलाई सहज गर्दै थप गुणस्तरीय बनाउने लक्ष्यका साथ फोन पोइन्टस्सँग सहकार्य गरेको ईसेवाले जनाएको छ । प्रयोगकर्तालाई एकीकृत सेवा प्रदान गर्ने उद्देश्य आफ्नो रहेको पनि ईसेवाले जनाएको छ ।

फोन पोइन्टस्का सीईओ सागर पौडेलले यस प्लेटफर्ममा नयाँ प्रयोगकर्तालाई जोडिन सजिलो र सहज हुने बताए । उनले यो प्रक्रिया अब सिधै फोनपोइनटस् एपबाट पनि गर्न सकिने उनले जनाए ।

फोन पोइन्टस् एक एकीकृत लोयल्टी म्यानेजमेन्ट प्लेटफर्म हो । जसले विभिन्न व्यवसायहरुका विभिन्न प्वाइन्ट र अफर प्रदान गर्ने गर्छ । प्रयोगकर्ताले आफ्नो संलग्नता रहेको विभिन्न वित्तिय कारोबारबाट आर्जन गरेको प्वाइन्टस्लाई एकै ठाउँबाट सजिलै हेर्न र आफ्नो इच्छाअनुसार उपभोग गर्नेमा फोन पोइन्टस्ले सहयोग गर्छ ।

यो सम्झौतापछि फोन पोइन्टस्ले फोन पेसँग आबद्ध रहेका विभिन्न पार्टनरहरुबाट पनि जम्मा गरेको लोयल्टी प्वाइन्स्लाई एक ठाउँमा एकीकृत गरी आकर्षक अफरसहित छुट तथा उपहारहरु प्राप्त गर्ने अवसर प्रदान गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?