नेप्सेमा दोहोरो अंकको गिरावट, १८.२५ अंकले घटेको बजारमा ५ अर्ब ४१ करोडको कारोबार

लोकपथ
35
Shares

काठमाडौं । साताको अन्तिम दिन बिहीबार नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । बिहीबार नेप्से परिसूचक १८.२५ अंकले घटेर २६२७.१४ विन्दुमा बन्द भएको छ । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ ।

बुधबार ६ अर्ब २७ करोडको कारोबार भएको बजारमा आज बिहीबार ५ अर्ब ४१ करोड ९१ लाख रुपैयाँको कारोबार भयो । कारोबारमा आएका ३१७ कम्पनीमध्ये १७० कम्पनीको सेयर मूल्य घट्दा ७ कम्पनीको मूल्य भने स्थिर रह्यो । आज ६७ कम्पनीको सेयर मूल्य बढेको छ ।

यसदिन नेपाल एसबिआई बैंकको सेयर मूल्य सर्वाधिक ९.७५ प्रतिशतले बढेको छ । पिपुल्स हाइड्रोपावरको मूल्य ८.०५ प्रतिशतले बढेको छ । आज रावा इनर्जीको मूल्य सर्वाधिक १० प्रतिशतले घट्यो । यस्तै एनआईबीएल समृद्धि फण्ड–२ को मूल्य ५.७३ प्रतिशतले घटेको छ ।

बिहीबार सर्वाधिक कारोबार हुनेमा एनएलजी इन्स्योरेन्स कम्पनी रहेको छ । सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा साहस उर्जा रहेको छ । कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये हाइड्रोपावर समूहको परिसूचक ०.३६ प्रतिशतले बढ्दा बाँकी सबै समूहको परिसूचक घट्दा समग्र बजार घटेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?