पोखरामा प्रदर्शनकारीमाथि प्रहरीले हान्यो अश्रुग्यास

लोकपथ
196
Shares

काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएसँगै रास्वपा कार्यकर्ता आक्रोशित भएका छन् ।

रवि पक्राउ परेदेखि निरन्तर आन्दोलित उनीहरू निषेधित क्षेत्र प्रवेश गर्ने क्रममा प्रहरीले बल प्रयोग गरेको छ । भिडलाई लक्षित गरेर २ सेल अश्रुग्यास हानिएको छ ।

सहकारी ठगी प्रकरणमा लामिछाने पक्राउ परेपछि समर्थकहरू प्रदर्शनमा उत्रिएका छन् । प्रशासनले निषेधित क्षेत्र घोषणा गरेपनि त्यसलाई बेवास्ता गर्दै प्रदर्शन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?