ज्योति विकास बैंकका ग्राहकहरुले ठमेल प्लाजा होटेल अन्तर्गतका होटेलमा विशेष छुट पाउने

लोकपथ
0
Shares

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडका ग्राहकहरुले ठमेल प्लाजा होटेल तथा स्वीट अन्तर्गतका २ वटा होटेलहरुमा विशेष छुट पाउने भएका छन् ।

बैंकले काठमाडौंको ठमेलस्थित रमादा इनकरमा १५ प्रतिशत तथा पोखरामा रहेको दहिला बुटिक होटलमा १० प्रतिशत छुट प्रदान गर्ने सम्झौता गरेको छ । छुटसम्बन्धी सम्झौताअनुसार ज्योति विकास बैंकका ग्राहकहरूले यी २ वटा होटलमा खाना तथा रूम चार्जमा आकर्षक छुट पाउनेछन्। बैंकले ग्राहकहरुको सुविधालाई प्राथमिकतामा राख्दै ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको जनाएको छ।

हालै बैंकले पोखरास्थित कुटि रिसोर्टमा पनि ग्राहकहरूलाई २० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ। साथै, बैंकले चितवनस्थित जंगल भिल्ला रिसोर्ट र मकवानपुरस्थित टिस्टुङ रिसोर्टमा पनि आफ्ना ग्राहकहरूलाई १५ प्रतिशतसम्मको आकर्षक छुट प्रदान गर्ने सम्झौता गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?