भारतका नन्दन फाडनिस लुम्बिनी लायन्सको मुख्य प्रशिक्षकमा नियुक्त

लोकपथ
77
Shares

काठमाडौं । भारतका नन्दन फाडनिस लुम्बिनी लायन्सको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । लुम्बिनी लायन्सले आगामी नेपाल प्रिमियर लिगका लागि नन्दन फाडनिसलाई मुख्य प्रशिक्षकको रूपमा नियुक्त गरेको हो ।

गोवा क्रिकेट संघमा खेलाडीहरूलाई प्रशिक्षण गरेका फाडनिसले यो भन्दा अगाडि नेपालको राष्ट्रिय क्रिकेट टिमलाई पनि प्रशिक्षण गरिसकेका छन् ।

लुम्बिनी लायन्स क्लबमा हेड कोचको रुपमा समावेश हुन पाउँदा अत्यन्तै उत्साहित भएको फाडनिसले बताए । उनले रोहित पौडेलको कुशल नेतृत्वमा लुम्बिनी लायन्सले उत्कृष्ट प्रदर्शन गर्दै विजय हासिल गर्नेमा आफू विश्वस्त भएको बताए ।

त्यस्तै क्लबका अध्यक्ष इश्वर जिसीले नन्दन फाडनिसलाई मुख्य प्रशिक्षकको रुपमा नियुक्त गर्न पाउँदा अत्यन्तै उत्साहित भएको बताए । उनले फाडनिसले नेपाल र भारत दुवैको क्रिकेट र क्रिकेटरहरुलाई राम्रोसँग चिनेको हुँदा क्लबको आगामी रणनीति तय गर्न निकै सहज हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?