दुई बालिका बलात्कार गरेको आरोपमा सशस्त्रका दुई सहायक हवल्दार पक्राउ

लोकपथ
154
Shares

काठमाडौं । दाङमा दुई बालिकालाई बलात्कार गरेको आरोपमा सशस्त्र प्रहरीका दुई सहायक हवल्दार पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सशस्त्र प्रहरीका सहायक हवल्दार भरत रोका मगर र रेवन पचभैया मगर रहेका छन् ।

असोज २४ गते सशस्त्रको कार्यालय बाहिर हालेको पिङ खेल्न आएका ८ वर्षीया र १४ वर्षीया बालिकालाई बलात्कार गरेको अनुसन्धानबाट खुलेपछि दुई जना पक्राउ परेका हुन् ।

दसैँको सम्मुखमा पिङ खेल्न आएका ती दुई बालिकालाई २९ न. ज्वालामाई गणमा कार्यरत उनीहरुले बलात्कार गरेको भन्दै स्थानीयले बुधबार गणलाई घेराउ गरेका थिए ।

आफन्तहरुले यसअघि ती दुई बालिका बलात्कार भएको विषयमा पटक–पटक उजुरी गरे पनि ढाकछोप गर्न खोजेकाे कारण उनीहरु पक्राउ पर्न ढिलाई भएको स्थानीयले अरोप लगाएका छन्।

स्थानीयको आरोप पछि उनीहरु दुबै जनालाई पक्राउ गरी नेपाल प्रहरीलाई बुझाई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?