नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नेपालमै पहिलो पटक ल्यायो भिसा वेयरेबल स्टिकर

लोकपथ
42
Shares

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नेपालमै पहिलो पटक भिसा वेयरेबल स्टिकर ‘एनआईएमबी पेवियर’ संचालमा ल्याएको छ ।

बैंकले काठमाडौंको अलोफ्ट होटेलमा आज आयोजित एक कार्यक्रममा ग्राहकहरूले कुनै पनि पीओएस टर्मिनलमा वेयरेबल उपकरण ट्याप गरी छिटो र सुरक्षित कारोबार गर्न सक्ने ‘एनआईएमबी पेवियर’ संचालमा ल्याएको हो । बैंकले यो प्रविधि नेपालमा डिजिटल भुक्तानीको नयाँ युगको सुरुवात भएको जनाएको छ ।

बैंकले ‘एनआईएमबी पेवियर’ दैनिक कारोबारलाई छिटो, सुविधाजनक र सुरक्षित बनाउने उद्देश्यले डिजाइन गरिएको बताएको छ । यो प्रविधि कार्ड वा मोबाइल वालेटको अर्को विकल्प भएको पनि बैंकले जनाएको छ ।

बैंकका डेपुटी सीईओ महेश शर्मा ढकालले यो उत्पादनले ग्राहकहरुको भुत्तःानी गर्ने तरिकालाई पूर्ण रुपले परिवर्तन गर्ने बताए । उनले यो सुरक्षित प्रविधि भएको विश्वास दिलाए ।

‘एनआईएमबी पेवियर’ ग्राहकले आफ्नो घडी, की–चेन, फोन केसजस्त कुनै पनि व्यक्तिगत वस्तुमा वेयरेबल स्टिकर टाँस्न र कुनै पनि सम्पर्करहित पीओएस टर्मिनलमा उपकरण ट्याप गरेर छिटो अनि सुरक्षित दैनिक कारोबार गर्न सक्ने बैंकले जनाएको छ ।
यो प्रविधिको प्रयोग गर्दा पाँच हजारभन्दा माथिको सम्पर्करहित भुक्तानीमा अतिरिक्त सुरक्षा उपायको रुप्मा पिनको आवश्यकता पर्ने पनि बैंकले जनाएको छ ।

बैंकले तीन महिनाभित्र ‘एनआईएमबी पेवियर’ स्टिकरको लागि आवेदन दिने ग्राहकहरूले सो अवधिमा १२ वटा पीओएस कारोबार पूरा गरेपछि, आफ्नो वेयरेबल शुल्क एक हजार फिर्ता पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?