युरोपा लिगमा फ्राङ्कफटको कठिन जित

लोकपथ
56
Shares

काठमाडौं । युइएफए युरोपा लिगमा इन्टरिज फ्राङ्कफर्टले लाटभियाली क्लब रिगास एफएस (आरएफएस) लाई १–० गोलको कठिन जित दर्ता गरेको छ । 

बिहीबार राति भएको खेलमा मुख्य प्रशिक्षक डिनो टपमोलरले बायर लेभरकुसेनसँगको २–१ को हारपछि आफ्नो टोलीमा चार परिवर्तन गरेका थिए ।  

समर साइनिङ क्यान उजुनले आफ्नो पहिलो डेब्यु गरे भने ओरले एमेन्डा, मो डाहुड र इगोर मातानोभिक पनि सुरुवाती खेलाडीको रूपमा आएका थिए । आर्थर थिएटे, ह्युगो लार्सन, मारियो गोट्जे र ह्युगो एकिटिकेलाई विश्राम दिइएको थियो ।

फ्राङ्कफर्ट सिटी फरेस्टमा उपस्थित भएका समर्थकहरूले पहिलो हाफमा खासै रोचक खेल देख्न पाएनन् । फ्राङ्कफर्टले बल नियन्त्रण गरे पनि आरएफएसको उत्कृष्ट डिफेन्स गरेको थियो ।

खेलको १५औँ मिनेटमा दुवै टिमले पहिलो अवसर पाएका थिए । जहाँ एडम मर्खियेभको प्रहार गोलको माथिबाट बाहिरियो भने अर्को छेउमा ओमार मर्मोसलाई गोलरक्षक फाब्रिस ओन्डोआले रोकिदिएका थिए ।

३३औँ मिनेटमा मातानोभिकले लामो दूरीबाट प्रहार गरे पनि बल पोस्ट नजिकैबाट बाहिरियो । जुनियर डिना एबिम्बेले पनि सीधा गोलरक्षक ओन्डोआतर्फ प्रहार गरे । पहिलो हाफ गोलरहित अवस्थामा टुंग्एिको थियो ।

दोस्रो हाफको सुरुवातमा लार्सनलाई दाहुडको स्थानमा मैदानमा उतारियो र फ्राङ्कफर्टले थप आक्रामक खेल प्रदर्शन गर्न थाल्यो । खेलको ४८औँ मिनेटमा तुताले गोल गरे पनि अफसाइडका कारण मान्यता पाएन ।

आरएफएसले काउन्टरमा केही मौका सिर्जना गर्‍यो, जहाँ केभिन ट्रापले जानिस इकाउनिक्सको प्रयासलाई रोक्दै उत्कृष्ट बचाउ गरे । ७९औँ मिनेटमा फ्राङ्कफर्टले गोलको खडेरी तोड्यो । मर्मोसले लार्सनलाई दिएको पासमा गोल भएको थियो ।

आरएफएसले तुरुन्तै बराबरीको मौका पाए पनि मार्कियेभको प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो । यो जितसँगै फ्राङ्कफर्टले तीन खेलमा सात अंक पुर्‍याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?