बजाजले ल्यायो मोटरसाइकल साटासाटको आकर्षक योजना

लोकपथ
35
Shares

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवं बिक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीले मोटरसाइकल साटासाटको आकर्षक योजना ल्याएको छ । यस योजनाअन्तर्गत जुनसुकै मोडल र ब्राण्डको मोटरसाइकलसँग बजाजका जुनसुकै मोडलका मोटरसाइकल साट्न सकिनेछ ।

कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखेर योजना ल्याएको बताए । उनले बजाज मोटरसाइकलको साटासाट कार्यक्रमअन्तर्गत तुरुन्त फाइनान्सको व्यवस्था गरिएको बताए ।

मोटरसाइकल साटासाट गरेका ग्राहकहरूलाई निःशुल्क बजाज मोटरसाइकलका सामग्रीहरु उपलब्ध गराउने व्यवस्था पनि कम्पनीले गरेको छ । यो योजना यही कार्तिक ८ गतेदेखि शुरू भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?