रवि पक्राउपछिको रास्वपाको नारा : ओइ सरकार ओइ, ? यति ओम्नी खोइ ? नक्कली भुटानी शरणार्थी खोइ ?

लोकपथ
196
Shares

काठमाडौं । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज शुक्रबार माइतीघर मण्डला क्षेत्रमा विरोध प्रदर्शन गरेको छ ।

पोखरापछि काठमाडौंको माइतीघर क्षेत्रमा प्रदर्शन गरेको रास्वपाले विगतमा कांग्रेस र एमाले सरकार जोडिएका भ्रष्टाचारलाई नाराका रुपमा अघि सारेका थिए ।

प्लेकार्डसहित प्रदर्शनमा सहभागी रास्वपा कार्यकर्ताले भ्रष्टाचारविरोधी चर्का नाराबाजी गरेका छन् । माइतीघरमा भेला भएका रास्वपाका कार्यकर्ताहरू बिजुली बजारसम्म पुगेर प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीहरूले ‘ओइ सरकार ओइ, ८७ अर्ब खोइ ? यति ओम्नी खोइ ? नक्कली भुटानी शरणार्थी खोइ ? टीकापुर जग्गा, गिरीबन्धु खोइ ?, राजनीतिक प्रतिशोध बन्द गर, अधिनायकवाद चल्दैन’, जस्ता नारा लगाउँदै सहकारी पीडितलाई न्याय दिनुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?