चाँदीका गरगहनासहित भारतीय नागरिक पक्राउ 

लोकपथ
49
Shares

काठमाडौं । रौतहतबाट चाँदीका विभिन्न गरगहनासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

रौतहटको भन्सार कार्यालय अगाडि खटिएका प्रहरी टोलीले भारतको सितामढी बस्ने ६२ वर्षीय चन्देश्वर साह बिहीबारलाई पक्राउ गरेको हो ।

भारतको बैरगनियाबाट गौर तर्फ आउँदै गरेको  बीआर ३० एफ ६६३५ नम्बरको मोटरसाइकललाई प्रहरीले संका लागेर चेक जाँच गर्ने क्रममा मोटरसाइकलको ट्याङ्की मुनि प्लाष्टिकको पोका भित्र लुकाई छिपाई राखेको ७ हजार एक सय सतासि ग्रामको गरगहना बरामद भएको प्रहरीले जनाएको छ ।  

 पक्राउ पश्चात आवश्यक कारबाहीको लागि उनलाई गौर भान्सार कार्यालयमा दाखिला गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?