यी हुन मन्त्रिपरिषद् बैठकका १२ निर्णयहरू

लोकपथ
560
Shares

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता एवं सूचना, प्रविधि तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले शुक्रबार मन्त्रिपरिषद्ले गरेका १२ निर्णय सार्वजनिक गरेका हुन् । 

मन्त्रिपरिषद्का निर्णयमा बबई सिँचाइ आयोजनाका लागि ६५ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति दिनेदेखि लिएर जनक शिक्षा सामग्री केन्द्रलाई हुलाक टिकट छाप्न दिनेसम्म विषय समेटिएका छन् । 

यस्ता छन्  निर्णयहरू :

१ . बबई सिँचाइ आयोजनाको लागि बर्दिया जिल्ला, गुलरिया नगरपालिकामा करिब ६५ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने ।

२. २०८१ कात्तिक २१ देखि २७ सम्म मेक्सिकोमा दुई पक्षीय र बहुपक्षीय बैठकहरूमा सहभागी हुन माननीय कृषि तथा पशुपन्छी विकास मन्त्रीलाई स्वीकृति प्रदान गर्ने ।

३. पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका वडा नं ५ मा भएको विस्फोटमा परी मृत्यु भएका दिप्सन साँवा र प्रिन्सा साँवाको एकाघरको परिवारलाई प्रति परिवार बिलबमोजिम बढीमा पाँच लाखका दरले आर्थिक सहायता उपलब्ध गराउने ।

४ .स्लोभानियासमेतका विभिन्न ११ स्थापनका अवैतनिक वाणिज्यदूत / महावाणिज्यदूतहरूको पदावधि एक अवधि (चार वर्ष) का लागि थप गर्ने।

५. २०८१ मङ्सिर २५ देखि २७ सम्म फिलिपिन्सको मनिलामा आयोजना हुने…High Level 16th Regional Environmentally Sustainable Transport Forum in Asia Ú विषयक कार्यक्रममा माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।

६.२०८१ कात्तिक १३ देखि १५ सम्म कतारमा आयोजना हुने Family and Contemporary Megatrends विषयक सम्मेलनमा माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।

७. ठुलो खोला जलविद्युत आयोजनाको २२० के. भि. प्रसारण लाइन आयोजना निर्माणको लागि म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिकामा रहेको राष्ट्रिय वनको कुल ६.०६ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने ।

८.  शिक्षा, विज्ञान तथा प्रविधि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई हुलाक टिकट, जग्गाधनी दर्ता प्रमाण पुर्जा र भिसा स्टिकर छपाइ गर्न स्वीकृति दिने।

९ .सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत सञ्चालित तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत आ.व. २०८१/८२ को लागि अधिकृतस्तरका ३ अस्थायी दरबन्दी स्वीकृत गर्ने ।

१०. सीमा प्रशासन कार्यालय व्यास छाङरु दार्चुला, सीमा प्रशासन कार्यालय पशुपतिनगर इलाम र अध्यागमन कार्यालय पशुपतिनगर इलाम खारेज गर्ने । साथै, अध्यागमन कार्यालय कोरोला मुस्ताङ, अध्यागमन तथा सीमा प्रशासन कार्यालय टिंकर दार्चुला र अध्यागमन तथा सीमा प्रशासन कार्यालय पशुपतिनगर इलामको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने ।

११ स्वास्थ्य तथा जनसङ्ख्या नेपाल फार्मेसी परिषद्को सदस्य पदमा डा. सभ्यता गौतम, काठमाडौं र श्री विष्णुप्रसाद कँडेल, बागलुङलाई मनोनयन गर्ने ।

१२ नेपाल प्रशासन सेवा समूह करणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त एक पदमा कायममुकायम प्रमुख सचिव श्री रघुराम विष्टलाई बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशमा पदस्थापन गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?