बालुवाटारमा सत्तारुढ दलको बैठक सुरु

लोकपथ
168
Shares

काठमाडौं । सत्तारुढ दलहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघि सुुरु भएको छ ।

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरु सहभागी छन् ।

बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।
यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको सय दिन पुगेको अवसरमा पनि सत्तारुढ दलहरुको बैठक बसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?