धार्मिक सहिष्णुता खलल पार्ने अभिव्यक्ति दिने व्यक्ति पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । धार्मिक सहिष्णुता खलल पार्ने अभिव्यक्ति दिने कार्यमा संलग्न रेहको अभियोगमा एक जना पक्राउ परेका छन् ।

खोटाङ हलेसीतुवाचुङ नगरपालिका–८ घर भई सुनसरी धरान बस्ने ४२ वर्षीय नयन्द्र कुमार राईलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

सामाजिक सञ्जाल युट्युब लगायत डिजिटल प्लेटफर्महरूबाट धार्मिक सहिष्णुता माथि आघात पुर्‍याउने, घृणा वा द्वेष फैलाउने, विभिन्न जात जाति र सम्प्रदाय बिचको सुमधुर सम्बन्धलाई खलल पार्ने श्रव्य दृश्य सामाग्री निर्माण तथा प्रसारण गरेको कार्यमा संलग्न उनलाई साइबर ब्यूरोबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय धरानसँगको समन्वयमा धरानबाट पक्राउ गरेको हो ।

उनी माथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत काठमाडौंको आदेशले ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?