काठमाडौं । इंग्ल्याण्डविरुद्धको टेस्ट सिरिज पाकिस्तानले जितेको छ । निर्णायक खेलमा इंग्ल्याण्डले लज्जास्पद पराजय व्यहोरेको हो ।
तेस्रो दिनको बिहान इंग्ल्याण्ड ११२ रनमै अलआउट हुँदै ‘बाजबल’ युगको सबैभन्दा न्यून योगफलमा समेटियो । पाकिस्तानलाई जितका लागि ३६ रनको सामान्य लक्ष्य मात्र आवश्यक परेको थियो ।
उक्त लक्ष्य मात्र १९ बलमा एक विकेटको क्षतिमा पुरा गर्यो । कप्तान शान मसुदले विजयी छक्का हान्दै पाकिस्तानलाई तीन म्याचको सिरिजमा २–१ को ऐतिहासिक जित दिलाए ।
पहिलो टेस्टमा १–० को अग्रता बनाएपछि इंग्ल्यान्डको यो पराजय निकै असहज बन्यो । केही समयअघि मात्र इंल्यान्डले मुल्तानमा ९४ वर्षपछि सबैभन्दा ठूलो स्कोर ८२३ रन बनाएको थियो । तर पाकिस्तानले अत्यधिक स्पिन मद्दत दिने पिचहरू बनाएर खेलको गति नै परिवर्तन गरिदियो ।
घरेलु टोलीले फ्यान, हीटर र अन्य उपकरणहरूको प्रयोग गरेर पिचलाई कृत्रिमरूपमा स्पिनमैत्री बनाएको भन्ने अड्कल भए पनि लगातार दुईवटा हार इंल्यान्डको लागि ठूलो झट्का सावित भएको छ ।
पाकिस्तानका स्पिनरद्वय साजिद अली र नोमान अलीले इङ्ग्ल्यान्डको कमजोरीलाई फाइदा उठाउँदै यो खेलमा १० वटै विकेट लिएर श्रृंखलामा कुल ३९ विकेटको रेकर्ड बनाए । यो टेस्टमा जहीद महमुदले मात्र एक विकेट लिँदा बाँकी सबै विकेट साजिद र नोमानले आफ्नो नाममा लेखाए ।
इंग्ल्याण्डले पहिलो पारिमा २६७ रन बनाउँदा जेम स्मिथले सर्वाधिक ८९ रन बनाउँदा बेन डकेटले ५२ रनको योगदान गरे । यस्तै, गुस एटिक्सनले ३९ रन बनाउँदा ज्याकक क्रलीले २९ रन बनाए । कप्तान बेन स्टोक्स १२ रनमा पभेलियन फर्किएका थिए ।
पाकिस्तानले पहिलो पारिमा ३४४ रन बनाउँदै ७७ रनको अग्रता लिएको थियो । पाकिस्तानका लागि सउद शाकेलले १३४ रनको शतकीय पारि खेल्दा साजिद खान ४८ र नोमान अली ४५ रनमा आउट भएका थिए । कप्तान सान मक्सुदले २६ तथा मोहमद रिजवानले २५ रन बनाउँदा सैयम अयुबले १९ रनको पारि खेले ।
७७ रनले पछि परेको इंग्ल्याण्डको दोस्रो पारि ११२ रनमा समेटियो । त्यसपछि पाकिस्तानले ३६ रनको लक्ष्य पाएको थियो । इंग्ल्याण्डका जो रुटले सर्वाधिक ३३ रन बनाउँदा हेरि ब्रुकले २६ रन बनाए ।
बेन डकेटले १२ रन बनाउँदा अरूको प्रदर्शन विर्सनलायक रह्यो । खेलको प्लेयर अफ दी सिरिज पाकिस्तानका साजिद खान बने ।
उनले यो सिरिजमा ७२ रन बनाउँदा १९ विकेट हात पारे । यसै गरी तेस्रो टेस्टको प्लेयर अफ दी म्याच भने सउद सकेल बने । उनले शतकीय पारि खेलेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया