भ्रष्टाचार शून्यमा झार्न नेतृत्वमा पारदर्शी हुनुपर्छ : मुख्यमन्त्री आचार्य

लोकपथ
28
Shares

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भ्रष्टाचार शून्यमा झार्न नेतृत्व तहबाट पारदर्शी व्यवहार देखाउनुपर्ने बताएका छन् ।

भ्रष्टाचारविरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना २०८१ का बारेमा आज भैरहवामा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दैै मुख्यमन्त्री आचार्यले सुशासनको क्षेत्रमा नेतृत्व तहमा रहेका सबैले पारदर्शी व्यवहार देखाउनुपर्ने बताएका हुन् ।

उनले वडा तहमा हुने भ्रष्टाचारका उजुरीलाई समेत हेर्नेगरी प्रमुख जिल्ला अधिकारीलाई अधिकार सम्पन्न बनाइनुपर्नेमा जोड दिए । उनले भने, ‘सुशासनको क्षेत्रमा हामी पारदर्शी बनौँ, हामी सबै पारदर्शी बन्यौँ भने भ्रष्टाचार आफैँ न्यूनीकरण भएर जान्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?