काठमाडाैं । जोसे मोरिन्होले फेनरबाचेसँग आफ्नो कार्यकाल पूरा भएपछि इंग्ल्यान्डको कुनै संघर्षरत क्लबमा प्रशिक्षक बन्ने तयारी रहेको संकेत गरेका छन् ।
युरोपा लिगको खेलमा म्यानचेस्टर युनाइटेडविरुद्ध रातो कार्ड पाएको घटनालाई उनले आलोचना गर्दै आफ्नो भावी योजनाबारे खुलासा गरेका हुन् ।
मोरिन्होले भने, ‘फेनरबाचे छाडेपछि मैले युईएफए प्रतियोगितामा सहभागी नहुने कुनै क्लब रोज्नुपर्छ। त्यसैले, दुई वर्षपछि इंग्ल्यान्डको तल्लो स्थानमा रहेका क्लबहरूलाई प्रशिक्षक चाहिएको भए म तयार छु ।’
मोरिन्होको यस अभिव्यक्तिलाई लिएर चर्चा सुरु भएको छ कि उनी इंग्ल्यान्ड फर्किएर संघर्षरत प्रिमियर लिग क्लबलाई सुदृढ बनाउन चाहन्छन् टेलिग्राफले मोरिन्होका लागि इंग्ल्यान्डमा सम्भावित विकल्पहरूको चर्चा गरेको छ, जहाँ उनी आफ्नो विशेष शैलीमा क्लबलाई नेतृत्व गर्न सक्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया