रियाद । साउदी अरेबियाले इरानमा इजरायली हवाई आक्रमणको निन्दा गरेको छ । साउदी अरेबियाले इजरायली आक्रमणलाई इरानको सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको बताएको छ ।
साउदी प्रेस एजेन्सीका अनुसार साउदी अरेबियाले इजरायल र इरान दुवैलाई संयम अपनाउन र तनाव कम गर्न अपिल गरेको छ । यससँगै साउदी अरेबियाले मध्यपूर्व क्षेत्रमा जारी सैन्य संघर्षले गम्भीर परिणाम निम्त्याउने चेतावनी दिएको छ ।
यस क्षेत्रको तनाव कम गर्न र जारी द्वन्द्व अन्त्य गर्न आफ्नो भूमिका र दायित्व निर्वाह गर्न अन्तर्राष्ट्रिय समुदायलाई साउदी अरेबियाले अपिल पनि गरेको छ । यसअघि इजरायलले इरानी सैन्य शिविरमा हवाई हमला गरेको थियो ।
अमेरिकाले इजरायललाई इरानको तेल र आणविक स्थलबाट टाढा रहन पनि चेतावनी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया