साफ वुमन्स च्याम्पियनसिप : आज भारतसँग सेमिफाइनल खेल्दै नेपाल

लोकपथ
329
Shares

काठमाडौं । काठमाडौंमा जारी साफ वुमन्स च्याम्पियनसिप अन्तर्गत आजदेखि सेमिफाइनल चरणका खेलहरु हुँदैछन् । 

सेमिफाइनलमा आइतबार बंगलादेश र भुटान तथा नेपाल र भारतबीच प्रतिस्पर्धा हुने भएको छ । 

दशरथ रंगशालामा नेपाल र भारतबीचको खेल साँझ साढे ६ बजे हुनेछ । महिला साफमा भारत पाँच पटकसम्मको च्याम्पियन हो भने नेपालसँगको पाँचौं भेट हो । 

अघिल्लो संस्करणहरूमा चार पटक सम्मको भेटमा नेपालले एकपटक मात्रै भारतलाई हराएको छ । सन् २०२२ मा  भएको खेलमा नेपालले भारतलाई १–० गोलले पराजित गरेको थियो । 

त्यसअघि सन् २०१९, २०१७ र २०१४ मा नेपाल पराजित भएको थियो ।  नेपालले समूह विजेता बन्दै सेमिफाइनलमा भारतसँगको भेट पक्का गरेको थियो ।

समूह चरणमा नेपाल अपराजित रह्यो । नेपालले दुई जित र १ बराबरी खेलेर ७ अंक जोड्दै ७ अंक बनाएको थियो । नेपालको समूहमा रहेको भुटानले पनि २ जित र १ बराबरी खेल्दै सातै अंक बनाएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?