गैरआवासीय नेपाली नेपालका अवैतनिक राजदूत हुन् : गृहमन्त्री

लोकपथ
63
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखक गैरआवासीय नेपाली नेपालका अवैतनिक राजदूत भएको बताएका छन् । 

गैरआवासीय नेपाली दिवस तथा वार्षिक साधारण सभा कार्यक्रममा गृहमन्त्री लेखकले गैरआवासीय नेपालीले नेपालको राष्ट्रियता बलियो बनाएको बताएका हुन् ।  

उनले भने, ‘नेपालका लागि केही गर्न उद्देश्य राख्नु भएको छ । जुन देशको नागरिक भएपनि नेपाली हुँ भनिराख्नु भएको छ । गैरआवासीय नेपाली अवैतनिक राजदूत हुनुहुन्छ । तपाईँहरू रहेको देशमा तपाईँको अनुहार र व्यवहारमा नेपाल देख्छन् । तपाईँले संसार फैलिँदा नेपालको राष्ट्रियता बलियो बनाएको छ ।’

गैरआवासीय नेपालीको उद्देश्य नेपालको आर्थिक उन्नति भएको भन्दै संसारमा नेपालीहरूले उत्कृष्ट काम गरिरहेको गृहमन्त्री लेखकले बताए । 

‘त्यो उत्कृष्टता नेपालका लागि पनि काम लाग्नुपर्छ । तपाईँको अनुभव र शिक्षा नेपालका लागि उपयोग गर्नुपर्छ । त्यसका लागि हामी वातावरण बनाउन लाग्छौँ,’ उनको भनाइ थियो । 

यस्तै गैरआवासीय नेपालीको आर्थिक सामाजिक र सांस्कृतिक अधिकारको सम्बोधन गर्न सरकार कानुन संशोधनको तयारीमा रहेको गृहमन्त्री लेखकले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?