एउटै व्यक्ति एकभन्दा बढी सहकारीमा बस्नु हुँदैन : मन्त्री अधिकारी

लोकपथ
49
Shares

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले एउटै व्यक्ति समान उद्देश्य भएका एकभन्दा बढी सहकारीमा बस्न नहुने बताएका छन् । 

आइतबार राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले फलदायी परिणाम नआउने भएकाले एउटै व्यक्ति समान उद्देश्य भएका सहकारीमा बस्न नहुने बताएका हुन् ।

उनले भने, ‘एउटै उद्देश्य भएका सहकारीहरूमा दुई तीन ठाउँमा बस्न पाइन्न । एउटा व्यक्ति यतापनि छ उता पनि छ । अनि कतै भ्याउँदैन, परिणाम पनि आउँदैन । यो कुरालाई कसरी सुधार गर्नुपर्छ तपार्इंहरुले ध्यान दिनुहोला । यो नियम कानुन बनाउँदाखेरि कर्मचारीले आफूले जे सिक्दै आएको छ, जे भोग्दै आएको छ । त्यसको आधारमा ड्राफ्ट बनाउँदो रहेछ । अनि आफूले रिटायर्ड लाईफपछि पनि आफू अनुकूल हुनेगरि कानुनको ड्राफ्ट तयार गरिन्छन् । यसले गर्दा समस्या आएको हो । ’

साथै  उनले सरकारले अंगालेको सुखी नेपाली समृद्ध नेपालको लक्ष्य अगाडि सारेको बताए । उनले हिजो अप्ठ्यारो भएका कुराहरूलाई फुकाउने गरी कानुन बनाउन समेत आग्रह गरे । 

उनले भने, ‘हामीले समाजवादी लक्ष्य लिएका छौँ । सरकारले अंगालेको सुखी नेपाली समृद्ध नेपालको लक्ष्य अगाडि सारेको छ । त्यसलाई पूरा गर्नको निम्ति हिजो अप्ठ्यारो भएका कुराहरूलाई फुकाउने गरी कानुन बनाउने हो नि । हिजोको जटिलतालाई अहिले पनि जटिलतामा थुपारियो भने समाधान हुन सक्छ ? अहिले मैँले भूमिसुधार आयोग बनाउने भनेर भनेको छु । अब हामी आयोग गठन गर्नेतिर जाँदैछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?