सुदूरपश्चिम विश्वविद्यालय र दक्षिण कोरियाको जोनबुक नेशनल युनिभर्सिटीबीच शैक्षिक सहकार्य गर्ने सम्झौता

लोकपथ
35
Shares

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालय र दक्षिण कोरियाको जोनबुक नेशनल युनिभर्सिटीबीच सम्झौता भएको छ । शैक्षिक कार्यक्रममा सहकार्य गर्ने सम्बन्धमा पाँच बुँदे सम्झौता भएको हो ।

शुक्रबारदेखि ललितपुरमा जारी अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनमा सुदूरपश्चिम विश्वविद्यालयमा उपकुलपति प्रा.डा.हेमराज पन्त र दक्षिण कोरियाको जोनबुक नेशनल युनिभर्सिटीका अध्यक्ष डा.ओ बोङ याङले हस्ताक्षर गरेका हुन् ।

जसमा विश्वविद्यालयको फ्याकल्टी, प्राध्यापक र अनुसन्धानकर्ताहरू आदानप्रदान गर्ने, सुदूरपश्चिम विश्वविद्यालय र जोनबुक विश्वविद्यालयका विद्यार्थीहरू आदानप्रदान गर्ने, दुवै विश्वविद्यालयबीच शैक्षिक सामग्री तथा सूचना आदानप्रदान गर्ने, संयुक्त रूपमा अनुसन्धान सञ्चालन गर्ने, प्राज्ञिक बैठक तथा सेमिनारहरू आयोजना गर्ने समझदारी भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?