मन्त्री सुडीले सार्वजनिक गरे एकसय दिनका उपलब्धि

लोकपथ
84
Shares
फाइल तस्बिर

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडीले सयदिने कार्य विवरण सार्वजनिक गरेका छन् ।

आइतबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री सुडीले एकसय दिनको अवधिमा आफूले गरेको काम सार्वजनिक गरेका हुन् । 

कार्य विवरण सार्वजनिक गर्दै मन्त्री सुडीले मानव बेचबिखन तथा ओसारपसारबाट प्रभावित भएका ७७ जना महिलालाई स्वदेश फिर्ता गरी पारिवारिक पुर्नमिलन गराएको बताए । 

उनले भने,‘मानव बेचबिखन तथा ओसारपसारबाट प्रभावित भएका ७७ जना महिलाको स्वदेश फिर्ता पारिवारिक पुर्नमिलन तथा पुनर्स्थापना गरिएको छ ।’

त्यस्तै उनले बालबालिका सम्बन्धी ऐन २०७५ संशोधनको लागि मस्यौदा तयार तयारीको चरणमा रहेको जानकारी गराए । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ संशोधन विधेयक मस्यौदा मन्त्रीपरिषद्मा पेस गरिएको उनको भनाई छ । 

उनले भने,‘बालबालिका सम्बन्धी ऐन २०७५ संशोधनको लागि मस्यौदा तयारीको चरणमा छ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ संशोधन विधेयक मस्यौदा मन्त्रीपरिषद्मा पेस गरिएको छ ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?