प्रचण्डप्रति लोहनीको कटाक्ष– ‘क्रान्ति रिसोर्टमा सेकुवा र ह्वीस्की पिएजस्तो हो ?’

लोकपथ
84
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गरेका छन् ।

माओवादीले शनिबार गरेको आन्दोलनप्रति टिप्पणी गर्दै पूर्वमन्त्री समेत रहेका नेता लोहनीले क्रान्ति रिसोर्टमा ह्वीस्कीसँग सेकुवा खाएजस्तो हो ? भन्दै प्रश्न समेत गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै नेता लोहनीले सरकारमा हुँदा वा नहुँदा कमाएको भ्रष्टाचारको इतिहासबाहेक प्रचण्डसँग कुनै शिद्धान्त नरहेको समेत आरोप लगाए ।

‘माओवादीका अध्यक्ष तथा भुपु प्रधानमन्त्री माननीय दाहालजीले फेरि एक थान क्रान्तिको नेतृत्व गर्ने आँट गर्नुभएछ । के क्रान्ति भनेको कुनै खोला किनारको रिर्सोटमा बेलुका सेकुवा र ह्वीस्की पिए जस्तो हो र ? क्रान्तिको लागि सरकारमा हुँदा या नहुँदा कमाएको भ्रस्टाचारको इतिहास बाहेक अब उहाँसँग कुनै सिद्धान्त छ र ?,’ उनले भने ।

त्यस्तै उनले दलाल पुँजीवाद यानेकी क्रोनी क्यापिटालिजमलाई हतियार बनाएको र माओवादलाई जनता झुक्याउने हतियार बनाएको आरोप लगाए । त्यस्तै प्रचण्डले अहिले भन्ने गरेको राष्ट्रवाद विदेशीहरुको सुविधाको लागि प्रयोग भएको समेत आरोप डा. लोहनीको छ ।

‘माननीय दाहालजीले क्रोनी पुँजीवादलाई सत्ताको हतियार बनाउनु भयो र माओवादलाई जनता छक्काउने हतियारको रूपमा प्रयोग गर्नु भयो भने राष्ट्रवाद लाई विदेशी मित्र राष्ट्रको लागि सुविधाजनक रूपमा प्रयोग गर्ने घोषणा गर्नुभयो । अब उहाँहरुको लागि न मार्क्सवाद, न पुँजीवाद, न राष्ट्रवाद कुनै पनि काम न लाग्ने भएका छन् । सिर्फ सत्ताको आडमा ‘धनवाद’ मात्र सिद्धान्त भएको छ । यो आलोचना नभएर यथार्थता हो त्यसकारण अब उहाँको नयाँ एक थान क्रान्ति विदेशीको लागी सुविधाजनक (comfortable) हुन सक्ला तर आमजनता को लागी अपमान मात्र हुनेछ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?