अन्तिम दिन गोदावरीको फूल प्रदर्शनीमा जे देखियो (फोटोफिचर)

लोकपथ
56
Shares

काठमाडौं । गत कार्तिक ८ गते देखि सुरु भएको गोदावरी फूलको प्रतियोगात्मक प्रदर्शनीको आजबाट सम्पन्न भएको छ ।ललितपुरको जाउलाखेलस्थित खेल मैदानमा आयोजना गरिएको यो प्रदर्शनी गोदावरी फूलको १७ औँ प्रतियोगितात्मक प्रदर्शनी हो।

तिहार तथा छठ पर्वलाई लक्षित गरी आयोजना गरिएको यस गोदावरी फूलको प्रदर्शनीले व्यवसायिक कारोबार निकै राम्रो भएको व्यवसायीहरु बताउँछन् ।

७० वटा स्टल रहेको उक्त मेलामा काठामाडांै, ललितपुर र भक्तपुरका मात्र व्यापारी नभएर पूर्व नेपालको इलामदेखि टाढाटाढाबाट समेत व्यवसायीहरु आएका थिए ।

प्रदर्शनीको पहिलो दिन ६ हजार ९ सय जनाले उक्त मेला अवलोकन गरेका थिए भने १५ लाखको व्यापार भएको थियो । दोस्रो दिन ९ हजार ८ सय जनाले अवलोकन गरेकोमा व्यापारमा भने २५ लाख बराबरको भएको व्यवसायीहरुले बताए । त्यस्तै तेस्रो दिन अर्थात् शनिबार १५ हजार ९ सय जना थिए भने ५० लाखको व्यापार भएको थियो । आजसम्म गरेर ४० हजार हाराहारीले अवलोकन गरेको र एक करोड हाराहारीमा व्यापार भएको आयोजकले जनाएको छ ।

तस्बिर : दिनेश रजक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?