तिहारमा बससेवाबाट टिकट बुकिङ गर्दा ५ प्रतिशतसम्म छुट पाइने

लोकपथ
0
Shares

काठमाडौं । अनलाइनमार्फत् बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले तिहारको समयमा घर जानेहरुलाई ५ प्रतिशतसम्म छुट दिने भएको छ ।

सहज किसिमले बसको टिकट काट्न सकिने व्यवस्था गरेको जनाउँदै बससेवाले आफ्ना प्लेटफर्मबाट टिकट काट्नेहरुलाई ५ प्रतिशतसम्म छुट दिने आफर ल्याएको हो । प्रविधिको उच्चतम प्रयोग गर्दै जोखिमरहित र झन्झटरहित तरिकाले घरमा बसी बसी आफ्नो मोबाइलबाट छुटमा बसको टिकट काट्न अनुरोध गरेको हो ।

बससेवाले देशभरका विभिन्न ४३३ गन्तव्यको टिकट काट्दा छुट उपलब्ध हुने जनाएको छ । प्रविधिमा जानकारी नहुने र अनलाइनको पहुँचमा नहुने व्यक्तिले पनि बससेवाका अन्य प्रयोगकर्ताको सहयोगमा सजिलै टिकट काट्न सकिने बससेवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै बससेवा चलाउन नसक्नेहरूलाई बससेवाका अन्य प्रयोगकर्तासँग सहयोग लिएर टिकट काट्न पनि बससेवाले आग्रह गरेको छ । लाइन लागेर टिकट काट्ने बाध्यताबाट छुटकारा दिलाउनका लागि आमयात्रुलाई टिकट काटेर सहयोग गरिदिन बससेवाका प्रयोगकर्तालाई पनि बससेवाले आग्रह गरेको छ ।

देशका जुनसुकै स्थानबाट पनि काठमाडौँका लागि छुट्ने बसको टिकट काट्न सकिने हुँदा यसको प्रयोगबाट यात्रुहरू लाभान्वित हुने बससेवाले जनाएको छ । संघीय राजधानी काठमाडौँ उपत्यकासहित देशका मुख्य सहरमा रहेका १० हजारभन्दा बढी स्टेसनरी, पान पसल, ट्राभल एजेन्सीलगायतबाट बससेवा प्रयोग गरी टिकट काट्न सकिनेछ । ती स्थानबाट टिकट काट्दा पनि छुट उपलब्ध हुने बससेवाले जनाएको छ ।

सरकार तथा यातायात व्यवसायीले पछिल्ला दिनहरुमा अनलाइन टिकेटिङलाई प्राथमिकतामा राखेका कारण बससेवामा आवश्यकताअनुसार टिकट उपलब्ध हुने बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले बताए । दशैंको तुलनामा तिहारमा राजधानीबाट बाहिर जाने तथा अन्य स्थानमा आवतजावत केही कम हुने भएकाले पनि तिहारमा टिकट अभावको अवस्था नहुने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?