साफ महिला च्याम्पियनसिप : नेपाल र भारतबीच गोलरहित बराबरीमा पहिलो हाफ

लोकपथ
175
Shares

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपाल र भारतबीच पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेल दुवै टिमबाट गोल हुन नसकेपछि गोलरहित बराबरीमा रोकिएको हो ।

आज सेमिफाइनल जित्ने टिम फाइनलमा प्रवेश गर्नेछ । नेपालको महिला टिमले साफमा पहिलोपटक जितको लक्ष्य पच्छाएको हो ।

नेपाल–भारतबीचको खेल हेर्न रंगशालामा भरिभराउ मात्रामा दर्शक रहेका छन् । पहिलो हाफमा दुवै टिमले आक्रामक प्रस्तुती गरे पनि गोल गर्न नसकेका हुन् ।

अहिले सेकेन्ड हाफ सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?