भारतको अग्रता, नेपालले गोलको मान्यता नपाउँदा रंगशालामा तनाव

लोकपथ
931
Shares

काठमाडौं । दशरथ रंगशालामा जारी महिला साफ च्याम्पियनसिप–२०२४ को सेमिफाइनल खेलमा तनाव भएको छ ।

नेपाल र भारतबीच भएको खेलमा नेपालले गोलको मान्यता नपाएपछि तनावको स्थिति सिर्जना भएको हो ।

गोलरहित बराबरीमा सकिएको पहिलो हाफमा दुवै देशले गोल गर्न सकेका थिएनन् । तर दोस्रो हाफको ७१औँ मिनेटमा ७१ औं मिनेटमा भारतकी संगीता बास्फोरेले गोल गरेकी हुन् । गोल गर्दा तत्कालै नेपालले समेत गोल गरेको थियो । तर उक्त गोललाई मान्यता नदिइएपछि तनावको स्थिति सिर्जना भएको हो ।

भारतले पहिलो पहिलो गोल गरेर उत्सव मनाइरहँदा नेपालले बल चलाएर गोल गरेको थियो । तर रेफ्रीले सुरुमा गोलको मान्यता दिने संकेत गरे पनि आफ्नो निर्णय फेरबदल गर्दै नेपाललाई गोलको मान्यता नदिएपछि होहल्ला भएको हो ।
अहिलेसम्म खेल सुरु हुन सकेको छैन । अहिले नेपाली खेलाडीहरुले मैदान छाडेका छन् ।

जारी खेलमा रेखा पौडेलले रेड कार्ड पाएकी छिन् ।

खेलको ५१ औं मिनेटमा रेखा दोहोरो पहिलो कार्ड खादेैँ बाहिरिएसँगै नेपाल १० खेलाडीमा सीमित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?