इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी

लोकपथ
63
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ । आइतबार राति भएको खेलमा चेल्सीले न्यु क्यासल युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण ३ अंक लिन सफल भएको हो । चेल्सीको जीतमा कोल पाल्मरको प्रदर्शन शानदार रह्यो ।

पहिलो हाफमा चेल्सीले बलियो पकड जमाए पनि पाल्मरले गरेको एक गोल भिएआरको कारणले अस्वीकृत भयो । खेलको १८औँ मिनेटमा पाल्मरले उत्कृष्ट पास दिएर पेद्रो नेटाले बल अघि बढाएका थिए भने उनले अनमार्क्ड अवस्थामा रहेका निकोलस ज्याक्सन पास दिएपछि गोल भएको थियो ।

तर, ३२औँ मिनेटमा न्युकासल खेलमा फर्कन सफल भयो । एलेक्जेन्डर इसाकले बराबरी गोल गरेका थिए ।
दोस्रो हाफको सुरूवातमा इसाकले एक गल्ती गर्दै पाल्मरलाई बल प्रदान गरे । जसबाट उनले गोल गर्दै चेल्सीलाई २–१ को अग्रता दिलाए ।

त्यसपछि पनि इसाकले गोलको अवसर पाए तापनि उनले अवसर गुमाए, जसका कारण न्युकासलले बराबरी गोल गर्ने मौका गुमायो । अन्ततः चेल्सी २–१ को नतिजामा सन्तुष्ट भयो । चेल्सी ९ खेलबाट १७ अंकसहित तालिकाको पाँचौं स्थानमा छ । न्यु क्यासल भने समान खेलबाट १२ अंकका साथ तालिकाको १२औँ स्थानमा छ । प्रिमियर लिगमा म्यानचेस्टर सिटी २३ अंकका साथ शीर्ष स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?