राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री ओली सहभागि हुँदै

लोकपथ
63
Shares

काठमाडौं । संघीय संसद्को प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुने भएका छन् ।

आज मध्यान्न १२ः१५ बजेका लागि बैठक आह्वान गरिएको छ ।

आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल हुँदैछ ।

उक्त छलफलमा भाग लिन प्रधानमन्त्री सहभागि हुन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?