नाबालिका बलात्कार अभियोगमा पक्राउ परेका सशस्त्र प्रहरी जवानद्वारा हिरासतमै आत्महत्या

लोकपथ
588
Shares

काठमाडौं । जबरजस्ती करणीको मुद्दामा पक्राउ परेका सशस्त्र प्रहरीका एक जवानले प्रहरी हिरासतमै आत्महत्या गरेका छन् ।

नाबालिका करणी आरोपमा दाङस्थित वडा प्रहरी कार्यालय घोराहीको हिरासतमा रहेका सशस्त्र प्रहरी जवान रेवन पचभैया मगरले प्रहरी हिरासतमै आत्महत्या गरेका हुन् ।

गन्जी र टिसर्टको पासो लगाएर शौचालयमा झुन्डिएको अवस्थामा आज सोमबार बिहान उनलाई फेला पारिएको जल्ला प्रहरी कार्यालयका दाङका एसपी अर्जुन तिम्सेनाले बताए ।

प्युठान बडडाँडा घर भएका सशस्त्र प्रहरी जवान मगरलाई भालुवाङबाट केही दिन पहिले पक्राउ गरिएको थियो । दसैंको बेलामा पिङ खेल्न गएका नाबालिकालाई बलात्कार गरेको उनले प्रहरीसँग बयानमा स्वीकार गरिसकेको पनि प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?