डेनिलाले चुमिन् मिसेस नेपाल वर्ल्डको ताज

लोकपथ
259
Shares

काठमाडौं । विवाहित महिलाहरुको प्रतियोगियोगिता मिसेस नेपाल वर्ल्ड २०२४ को उपाधि डेनिला कार्कीले जितेकी छन् ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित अन्तिम प्रतिस्पर्धामा बाँकी २८ प्रतिस्पर्धीलाई पछि पार्दै डेनिलाले सो उपाधि चुमेकी हुन् ।

कार्यक्रमका मुख्य निर्णायक एवम् माईतिनेपालकी अध्यक्ष अनुराधा कोईरालाले फाईनलमा सोधेको प्रश्नको उत्कृष्ट जवाफ दिएर डेनिलाले सो उपाधि हासिल गरेकी हुन् ।

उनले उपाधिसँगै एउटा स्कुटर, आगामी जनवरी अमेरिकामा हुने मिसेस वार्ल्ड नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने अवसर पनि हासिल गरिन् ।

प्रतियोगितामा मिसेस नेपाल वल्र्डमै फस्ट रनरअपको उपाधि एलिना घिमिरे, सेकेन्ड रनरअपको उपाधि किरण कार्कीले र थर्ड रनरअपको उपाधि अनु कार्कीले प्राप्त गरेका छन् । उनीहरुले पनि उपाधिसँगै विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरे ।

यस्तै सोही समारोहमा मिसेस नेपाल इन्टरनेसनलको उपाधि सुयशा राउतले प्राप्त गरिन भने एमएस नेपाल इन्टरनेसनलको उपाधि रेश्मा घिमिरेले हाँसिल गरिन् । यी दुई विजेताले चाँडै नै सिंगापुरमा हुने मिसेस इन्टरनेशनल र एमएस इन्टरनेशलन प्रतियोगितामा नेपालको तर्फबाट भागलिन पाउने छन् । जसको फाईनलमा सारा तामाङ, निर्मला कार्की, रेश्मा घिमिरे र नानु सिंह पुगेका थिए ।

सोही समारोहमा नेपालकी अग्रज अभिनेत्री वसन्धुरा भूषाललाई विगत ६ दशकदेखि नेपाली चलचित्रमा निरन्तर योगदान दिएको भन्दै मिसेस नेपाल वल्र्ड मानार्थ सम्मान २०२४ बाट सम्मानित गरियो ।

माइतीनेपालकी अध्यक्ष अनुरोध कोईराला, अभिनेता धिरेन शाक्य, आयोजक संस्था रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झा, अफिसियल कोरियोग्राफर अश्विनी कान्त झालगायतले भुषाललाई कार्यक्रममा सम्मान अर्पण गरेकी हुन् ।

सो क्रममा मानार्थ सम्मान अघि बसुन्धरा भूषालको सम्मानमा उनका आधादर्जन गीतहरुमा नृत्य प्रस्तुति गरिएको थियो । हास्य साम्राज्ञी भूषालको सम्मानमा डान्स फिवरबाट अभिनेता गजित बिष्ट र उनका टिमले भूषालका चर्चित चलचित्रका गीतहरुमा नृत्य प्रस्तुत गरे । मिसेस नेपाल वर्ल्डको मानार्थ सम्मानबाट सम्मानित भएकोमा खुसी व्यक्त गर्दै यो उपाधिले नेपाली चलचित्र क्षेत्रमा आउँदा दिनमा अझ धेरै काम गर्न आफुलाई प्रेरित गरेको चरित्र अभिनेत्री भूसालले कार्यक्रममा बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?