आन्दोलनरत रास्वपाको टार्गेट बालुवाटार

लोकपथ
266
Shares

काठमाडौं । सभापति रवि लामिछाने पक्राउ परेपछि आन्दोलनरत राष्ट्रिय स्वतन्त्र पार्टीले मंगलबार बालुवाटारमा प्रदर्शन गर्ने भएको छ ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका रविमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

कार्तिक २ गते काठमाडौंको बनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ परेका रविलाई अनुसन्धानका लागि कास्की पुर्याइएको छ ।

केही दिन पोखरामा आन्दोलन गरेको रास्वपाले शुक्रबार काठमाडौंमा आन्दोलन गरेको थियो ।

सरकारले राजनीतिक प्रतिशोध साँधेर रविलाई पक्राउ गरेको रास्वपाको ठहर छ । भोलि मध्यान्न साढे १२ बजे बालुवाटारस्थित नेपाल हाउस अघिबाट रास्वपाले आन्दोलन गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?