रास्वपा लक्षित सिंहको टिप्पणी : ‘वैकल्पिक भन्नेहरुमा चरित्र नचाहिने हो ?’

लोकपथ
42
Shares
फाइल तस्बिर

काठमाडौं । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति कटाक्ष गरेका छन् ।

काठमाडौंमा आज आयोजित तिहार विशेष एक कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमान्त्री सिंहले वैकल्पिक भन्नेहरुमा चरित्र हराउँदै गएको टिप्पणी गरे ।

‘आफूलाई परेपछि यो चाँही भएन भन्ने टेन्डेन्सी देखिएको छ । हामी वैकल्पिक रुपमा आएका छौँ भन्नेहरुको हविगत हामीले नदेखेको होइन,’ उनले भने, ‘अहिले पनि वैकल्पिकका नाममा नेताहरु उदाएका छन् । तर वैकल्पिकको राजनीतिमा चरित्र भन्ने कुरा नचाहिने हो । इमान्दारिता भन्ने कुरा राजनीतिमा नचाहिने ?’

यसअघिका निर्वाचनहरुमा वैकल्पिक शक्ति आए पनि राम्रोसँग आफ्ना शिद्धान्त स्थापित गर्न नसक्दा गुमनाम हालतमा पुगेको बताए ।

त्यस्तै अन्य दलका नेताहरुमाथि प्रश्न उठाउने तर आफूलाई पर्दा सरकारले प्रतिशोध साँधेको भनेर प्रश्न उठाइरहेको रास्वपामाथि कटाक्ष गरे ।

नेपाली कांग्रेस र एमाले मिलेर बनेको गठबन्धन सरकारले कुनै पनि दल र नेतामाथि प्रतिशोध नसाँधेको स्पष्ट पारे । विधिका शासन मान्ने सबैले राज्यको कुरा मान्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?