कीर्तिपुर अस्पताल पछाडि महिलाको शव फेला

लोकपथ
182
Shares

काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित कीर्तिपुर अस्पताल पछाडीको झाडीमा एक महिलाको शव फेला परेको छ ।

आइतबार साँझ त्यहाँ बेवारिसे अवस्थामा महिलाको शव फेला परेको प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ ।

नाम थर नखुलेको अन्दाजी ३५ वर्ष जतिको महिला रहेको कीर्तिपुरका एक प्रहरी अधिकारीले लोकपथलाई जानकारी दिए ।

उनका अनुसार ती महिलाको शव परीक्षणका लागि महाराजगञ्जस्थित टिचिङ अस्पताल लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?