इजरायली हवाई आक्रमणमा परी गाजामा २४ घण्टामा ७० जनाको मृत्यु

लोकपथ
77
Shares

काठमाडौं । इजरायली हवाई आक्रमणमा परेर गाजामा पछिल्लो २४ घण्टामा करिब ७० जना व्यक्तिको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाइएको छ । उत्तरी गाजामा आक्रमण जारी रहँदा तीन महिनापछि पुनः सुरु भएको युद्ध विराम वार्ताले कुनै ठोस परिणाम देखाएको छैन । गाजामा विशेष गरी जबालिया, बेइत लहिया र बेइत हनुनमा केन्द्रित इजरायली सैन्य आक्रमणले चौथो हप्तामा प्रवेश गरेको छ ।

आइतबार इजरायलको तेल अविभको उत्तरमा रहेको र मात हशरोनमा ट्रकले बस स्टपमा ठक्कर दिँदा एक जनाको ज्यान गएको र ४० भन्दा बढी व्यक्ति घाइते भएका छन् । प्रहरीका अनुसार, यो आक्रमणलाई आतंकवादी घटना मानिएको छ र ट्रक चालकलाई गोली हानिएको थियो । हमास र इस्लामिक समूहले यस आक्रमणको प्रशंसा गरे पनि जिम्मा भने लिएका छैनन् ।

इजरायली सेनाले आइतबार कब्जा गरिएको पश्चिम किनारामा हिज्मा भन्ने ठाउँमा एक प्यालेस्टिनी व्यक्तिलाई सैनिकहरूलाई छुरा प्रहार गर्न प्रयास गर्दा गोली हानी हत्या गरेको बताएको छ ।

इजरायली सेनाले शनिबार उत्तरी गाजामा रहेको कमल अदवान अस्पतालमा छापा मारेपछि आइतबार बिहान अस्पतालबाट फिर्ता गएको थियो । घटनामा दर्जनौँ पुरुष स्वास्थ्यकर्मी र केही बिरामीलाई नियन्त्रणमा लिएको अस्पतालले जनाएको छ । शनिबार साँझ बेइत लहियामा भएको हवाई आक्रमणमा मृत्यु हुनेको संख्या ४० पुगेको छ भने जबालियामा आइतबार बिहान भएको बम विस्फोटमा २० जनाको ज्यान गएको छ । शती क्षेत्रमा रहेको विद्यालयमाथि आक्रमण हुँदा ११ जना मारिएका छन् । इजरायली रक्षा बल (आईडीएफ) ले जबालियामा ४० भन्दा बढी ‘आतंकवादी’लाई निसाना बनाएको दाबी गरेको छ भने बेइत लहियामा भने ज्यान जानेको एकिन संख्या सार्वजनिक नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?