‘केटीएम ट्रयाक टेस्ट एक्सपिरियन्स’: २५० भन्दा बढी मोटरसाइकल प्रेमीले लिए केटीएमका विभिन्न मोडेलहरूको रोमाञ्चक अनुभव

लोकपथ
42
Shares

काठमाडौं । केटीएम नेपालले ‘केटीएम ट्रयाक टेस्ट एक्सपिरियन्स’ कार्यक्रम सम्पन्न गरेको छ ।

यही कार्तिक ९ र १० गते भक्तपुरको एडभान्स राइडिङ एकेडेमीमा आयोजित यो २ दिने कार्यक्रमले २५० भन्दा बढी मोटरसाइकल प्रेमीहरूलाई केटीएमका विभिन्न मोडेलहरूको रोमाञ्चक अनुभव र ‘हट ल्याप च्यालेञ्ज’ मा सहभागी हुने अवसर दियो ।

कार्यक्रमको पहिलो दिन सहभागीहरूले विशेष रूपले तयार गरिएको ट्रयाकमा केटीएम २०० ड्यूक, २५० ड्यूक, २०० आरसी, र ३९० ड्यूक मोडेलहरू टेस्ट राइड गर्ने अवसर पाए । साथै, अनुभवी राइडरहरूले प्रशिक्षण सत्रहरू सञ्चालन गरेका थिए जसले सहभागीहरूलाई सवारी सीप र सुरक्षा सम्बन्धी महत्वपूर्ण सुझावहरू प्रदान गर्दै थप रोमाञ्चक बनायो ।

दोस्रो दिन ‘हट ल्याप च्यालेञ्ज’ आयोजना गरिएको थियो जहाँ प्रतिस्पर्धीहरू प्रो रेसरहरू, अमेच्योरहरू र महिला गरी ३ समूहमा विभाजित गरिएका थिए । सहभागीहरूले ६–६ ल्यापको टाइम ट्रायलमा प्रतिस्पर्धा गरेका थिए । जसमा, हरेक समूहमा सबैभन्दा छिटो समय निकाल्ने प्रतिस्पर्धीहरूलाई सम्मानित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?