ज्योति विकास बैंकका ग्राहकलाई ‘स्काई वाल्क नेपाल’मा विशेष छुट

लोकपथ
175
Shares

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई ‘स्काई वाल्क नेपाल’मा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ।

बैंकले काठमाडौंको कमलादीस्थित ‘स्काई वाल्क नेपाल’मा २० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता गरेको हो। सम्झौता पत्रमा बैंकका मार्केटिङ तथा ब्रान्डिङ विभागका प्रमुख कुशलजंग अधिकारी तथा स्काई वाल्कका प्रमुख कार्यकारी अधिकृत रोहित ज्ञवालीले हस्ताक्षर गरे ।

यस सम्झौतापश्चात ज्योति विकास बैंकका ग्राहकहरूले ‘स्काई वाल्क नेपाल’का भ्यू टावर भ्रमण गर्दा टिकट शुल्कमा आकर्षक छुट पाउनेछन्।

छोटो समयमै अन्तरिक तथा बाह्य पर्यटकहरुको माझ प्रमुख भ्रमण गन्तब्य बन्न सफल स्काई वाल्क टावर काठमाडौंको दृष्यावलोकनको लागि उचित छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?