काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच २० अर्बको ऋण सम्झौता भएको छ । सम्झौतमा नेपाल सरकारका तर्फबाट अर्थसचिव रामप्रसाद घिमिरे र विश्व बैंका तर्फबाट क्षेत्रीय निर्देशक डेभिड सिस्लेनले हस्ताक्षर गरेका छन्।
बाढी पहिरो जस्ता प्राकृतिक विपतसँग जुध्नका लागि नेपाललाई दिने भनेर स्वीकृत भएको उक्त १५ करोड अमेरिकी डलर अर्थात २० अर्ब रुपैयाँको ऋण सम्झौतामा हस्ताक्षर भएको हो।
विपद् प्रतिकार्यमा खर्च गर्न भन्दै विश्व बैंकले १५ करोड अमेरिकी डलर बराबरको नीतिगत ऋण सहायता स्वीकृती यसअघि नै गरेको थियो।
नेपालमा वर्षेनी बाढी पहिरोका कारण हुने जनधनको क्षति र यसको निराकरणका लागि नेपाल सरकारले स्वदेशकै निजी क्षेत्रसँग अनुदान सहायता मागिरहेको अवस्थामा दातृ नियकायबाट यो ऋण स्वीकृत भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया