श्रीमती हत्या गरी कतार पुगेका गजेन्द्र इन्टरपोलको सहयोगमा पक्राउ

लोकपथ
406
Shares

काठमाडौं । कर्तव्य ज्यान मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एक व्यक्तिलाई कतारबाट पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भोजपुरका गजेन्द्र वान्तवा राई रहेका छन् ।

एनसीबी दोहाको समन्वयमा कतारमा पक्राउ परेका गजेन्द्रलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ मंगलबार नेपाल फिर्ता ल्याइसकिएको छ । उनीमाथि झापाको मेचीनगर नगरपालिका–११ धाईजन बस्ने ४८ वर्षीया श्रीमती शर्मिला तामाङको हत्या गरेको अभियोग छ ।

श्रीमतीको हत्यापछि फरार भएका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोलबाट २०८१ साल असोज १ गते रेड नोटिस जारी भएको थियो । उनलाई सम्बन्धित कसूरबमोजिम कानुनी कारबाहीको लागि इलाका प्रहरी कार्यालय धुलाबारी झापाको टोलीलाई बुझाइएको प्रहरीको इन्टरपोल शाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?