काठमाडौं । अनलानमार्फत् रकम ठगी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापा हल्दीबारी गाउँपालिका–२ बस्ने ३० वर्षीय राजिब महानन्द रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई मोरङ बेलबारीबाट शनिबार पक्राउ गरेको हो ।
सामाजिक सञ्जाल ह्वाट्स एपको दुरूपयोग गरी पीडितलाई सुनको गरगहनाहरू,आईफोन लगायतका सामान पार्सल गरी पठाउने प्रलोभन देखाई विभिन्न व्यक्तिहरूको नाममा रहेका बैंक खाताहरूमा पटक पटक गरी नगद १७ लाख ८२ हजार रूपैयाँ पठाउन लगाई ठगी गरेको प्रहरीले जनाएको छ ।
उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया