‘वैकल्पिक उर्जा सम्बन्धी ऐन कानुनलाई समय सापेक्षित बनाउन आवश्यक’

लोकपथ
28
Shares
फाइल तस्बिर

काठमाडौं । उर्जा जल श्रोत तथा सिँचाई मन्त्री दीपक खड्काले वैकल्पिक उर्जा तथा प्रवर्द्धन सम्बन्धी ऐन कानुनलाई समय सापेक्षित बनाउन आवश्यक रहेको बताएका छन् । 

मंगलबार काठमाडौंका आयोजित  वैकल्पिक उर्जा तथा प्रवर्द्धन केन्द्रको २८औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले मुलुकमा हिजोको आवश्यकता र आजको आवश्यकता फरक भइसकेको कारण सबै कुरा समयसापेक्षसित हुन जरुरी रहेको बताए ।

उनले वैकल्पिक उर्जासम्बन्धि ऐन चाँडै पास गर्ने प्रतिबद्धता व्यक्त गरे ।  उनले भने,‘अहिले जे समय परिवर्तन भएको छ । पहिलेको समयबाट वा परिस्थितिबाट माथि उठिसकेका छौँ । र समय सापेक्षित नीति नियम ऐन कानुनको व्यवस्था गर्नुपर्ने छ ।  यसमा मन्त्रालय निरन्तर लागेको कुरा यहाँहरूलाई जानकारी नै छ । अब चाँडै नै यो ऐन पास हुने कुरा जानकारी गराउन चाहन्छु । मुलुकमा हिजोको आवश्यकता र आजको आवश्यकता फरक छ । त्यसैले हामी समयसापेक्षसित हुन जरुरी छ ।’ 

उनले अहिले सबै निकायहरूलाई सरकारभन्दा पर बसेर काम गर्ने निकायहरू हौँ भन्ने अनुभूति भएको भन्दै सबै निकायहरू सरकार कै अङ्गहरू भएको बताए । मित्रराष्ट्रहरूले दिने ऋण र अनुदान सबै नेपालीहरूलाई सम्झेर नै दिने भन्दै सबै नेपालीहरूको दायित्व सरकारले लिन सक्नुपर्ने उनको भनाई छ । 

उनले भने, ‘अहिले सबै निकायहरू सरकारभन्दा पर बसेर काम गर्ने निकायहरू हौँ कि अनुभूति भएको रहेछ । त्यस्तो होइन हामीलाई दातृराष्ट्रहरूले,मित्रराष्ट्रहरूले दिने ऋण र अनुदान सबै नेपालीहरूलाई सम्झेर दिएको हो । सबै नेपालीहरूको दायित्व सरकारले लि सक्नुपर्छ र लिन्छ पनि ।सबै निकायहरू सरकारका अंगहरू हुन् ।’

उनले वैकल्पिक ऊर्जालाई देशको आम्दानीको मुख्य श्रोतमा सरकारले लिएको पनि बताए । मन्त्री खड्काले आगामी वर्षसम्ममा सबै घरमा विद्युत वितरण गरिसक्ने सरकारको लक्ष्यलाई प्राधिकरणले मात्र गर्न नसक्ने अनुभूति रहेको भन्दै यसमा वैकल्पिक ऊर्जाको महत्त्वपूर्ण भूमिका रहने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?