रोजगारी सिर्जना गर्ने र उत्पादन बढाउने कार्य सरकारको प्राथमिकतामा छ : मन्त्री दाहाल 

लोकपथ
56
Shares
फाइल तस्बिर

काठमाडौं । भौतिक, पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले रोजगारी सिर्जना गर्ने र उत्पादन बढाउने कार्यमा सरकार लागि परेको बताएका छन् । 

मंगलबार काठमाडौंमा प्रकोप जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री दाहालले युवाहरुलाई राष्ट्र निर्माणमा चासो देखाउन सक्ने बनाउनु पर्ने भन्दै सरकार त्यो काममा लागेको बताए । 

उनले भने, ‘युवाहरुलाई राष्ट्र निर्माणमा चासो देखाउन सक्ने बनाउनु पर्छ, उनीहरुलाई अहिले परिणाम र रोजगारी चाहिएको छ । अहिले नभए पनि भविष्यमा हुन्छ भन्ने विश्वास दिलाउन सक्नु पर्छ तर हामीले त्यो काम गर्न सकि रहेको अवस्था छैन । त्यस कारण रोजगारी सिर्जना गर्ने, उत्पादन बढाउने कार्यमा लाग्नु पर्ने आवश्यकता छ । सरकार यही काममा लागेको जानकारी पनि गराउन चहान्छु ।’

यसको साथै, उनले नयाँ पुस्ताहरुले हाम्रो विकास योजना र अध्ययनमा उठेका प्रश्नहरूको जवाफ खोजेर अगाडि बढ्न आवश्यक रहेको पनि बताए । 

उनले भने, ‘यस पटकको बाढी र पहिरोको क्षतिलाई हेर्दा हामीले केही विषयमा छलफल गर्नुपर्ने र निष्कर्ष निकाल्नु पर्ने भएको छ । के हाम्रो भौगर्भिक अध्ययन र वातावरणीय अध्ययन सम्भावित जोखिम वा भविष्यलाई ध्यान दिएर गरेका छौँ, हाम्रा भौतिक संरचना बनाउनु पहिलाका डिजाइन्हरु ठिक छन्, भूगोल र माटोको प्रकृतिसँग हामी परिचित थियौँ, हाम्रो सिंगो विकासको मोडेलको बारेमा हामीले पुनविचार गर्नुपर्ने भएको छ र के विपद् जोखिमको सामना गर्न हाम्रो पूर्व तयारीहरू सक्षम थिए वा छन् । यस्तै प्रश्नहरू हाम्रो अगाडि छन् । अबको पुस्ता र भविष्यहरूले यो प्रश्नको जवाफ खोजेर अगाडि बढेन भने, हाम्रा विकासहरू बनाउँदै जाने र यस्तै प्राकृतिक प्रकोपले यसलाई नष्ट गर्दै जाने प्रक्रिया जारी हुन्छ ।’

देशको भूगर्भलाई गहन अध्ययन गरेर कसरी विकास गर्ने भन्ने सम्बन्धमा आवश्यक छलफल गर्न जरुरी रहेको उनको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?