काठमाडौं । शेयर बजारमा आज मंगलबार पनि हरियाली छाएको छ । लगातार तीन दिन घटेको बजारमा यो साताको सोमबारबाट उत्साह देखिएको हो ।
मंगलबार ४६.६९ अंकले बढेको बजार २६९२.०५ विन्दुमा पुगेको छ । यस दिन ६ अर्ब १२ करोड ८२ लाख रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको छ ।
कारोबारमा आएका ३१९ कम्पनी मध्ये २५८ वटा कम्पनीको शेयर बढेको छ । ३५ वटा कम्पनीको मूल्य घटेको छ । सबैभन्दा धेरै निर्जीवन बिमा कम्पनीको शेयर मूल्य बढ्यो । यसदिन समृद्धि फाइनान्स कम्पनीले सबैभन्दा बढी कारोबार गरेको छ ।
यस कम्पनीको २४ करोड ७१ लाख रूपैयाँको कारोबार भएको छ। दोस्रोमा पिपुल्स हाइड्रो पावरको बढी कारोबार भएको छ भने सप्तकोशी डेभलपमेन्ट बैंक कारोबारका हिसावले तेस्रोमा आएको छ । यसैगरी, विकास बैंक र होटेल समूहको कारोबारमा पनि वृद्धि भएको छ ।
आज कारोबार रकममा पनि सुधार भएको छ। सोमबार ५ अर्ब ३४ करोड रूपैयाँको कारोबार भएकोमा मंगलबार ६ अर्ब १२ करोड रूपैयाँको शेयर कारोबार भएको छ।
यसदिन सप्तकोशी डेभलपमेन्ट बैंक, सानिमा जिआइसी इन्सुरेन्स र कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया