काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सन्तोष परियारले लोकतान्त्रिक पद्धत्तिबाट वर्तमान सरकारको खारेज गर्ने चेतावनी दिएका छन् ।
उनले अहिलेको संघर्ष दल विशेषको भन्दा पनि नयाँ र पुरानाबीचको भएको भन्दै आफूहरु सरकारलाई लोकतान्त्रिक पद्धत्तिबाट खारेज गर्ने चेतावनी दिए ।
रास्वपाले बालुवाटारमा गरेको प्रदर्शनलाई सम्बोधन गर्दै उनले भने– ‘ आफूहरु लोकतान्त्रिक पद्धत्तिबाट तपाईँहरुलाई खारेज गर्र्छौँ भनेर आएका छौँ । संघर्ष कुनै पार्टी विशेष र दलविशेष होइन । यो संघर्ष पूरानो र नयाँको हो ।’
त्यस्तै उनले आजको आन्दोलनमा आफ्ना साथीहरुलाई पक्राउ गरिएकोप्रति कटाक्ष गर्दै राजाको विरुद्ध आन्दोलन गरेर आएको बताए ।
‘सुन्नुस् यो लोकतान्त्रिक पद्धत्तिलाई सुन्नुस् । हाम्रो अनुशासनलाई बुझ्नुस् । धेरै धाकधम्की नदेखाउनुस् । धेरै बल प्रयोग नगर्नुस् । आज हाम्रा केही साथीहरुलाई धरपकड भयो । हाम्रा केही साथीहरुलाई समातियो । हाम्रो नाका बन्द गरियो । यो नाका तपाईँहरुको सम्पत्ति होइन । स्मरण रहोस् न्यायका लागि हिजो राजाकाविरुद्ध राजाको प्रत्यक्ष शासनमा ढुंगा हान्ने हातहरु यही हुन् । स्मरण रहोस्, स्मरण रहोस्,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया