ग्लोबल आईएमई बैंक र इन्स्टेन्ट क्यासबीच सम्झौता, अब युएईबाट नेपालमा सजिलै पैसा पठाउन सकिने

लोकपथ
0
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यास एफजेडई बीच सम्झौता भएको छ । सम्झौताअनुसार अब विश्वको विभिन्न देशबाट नेपालमा ग्लोबल रेमिटमार्फत सजिलै पैसा पठाउन सकिने भएको छ ।

यस सम्झौताअनुसार देश बाहिर रहेका नेपालीहरुले आफ्नो तथा परिवारको ग्लोबल आईएमई बैंकको तथा नेपालको अन्य बैंक तथा वित्तीय संस्थामा भएको बैंक खातामा सहज रुपमा रेमिटेन्स पठाउन सक्नेछन ।

युनाइटेड फिनटेक सोलुसन्स एलएलसीको पूर्ण स्वामित्वमा रहेको इन्स्टेन्ट क्यासले फिनटेकको माध्यमबाट संसारभर रेमिटेन्स सुविधा प्रदान गर्दै आइरहेको छ । यसरी युएई तथा विश्वको विभिन्न देशबाट ग्लोबल रेमिटमार्फत् पठाएको पैसा ग्लोबल आइएमई बैंकको सम्पूर्ण शाखा कार्यालयहरु वा नेपालभरी रहेको आईएमई लिमिटेडको ५० हजारभन्दा बढी एजेन्टहरुबाट भुक्तानी लिन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?